Kath khabar
महालक्ष्मी बहुप्राविधिक शिक्षालयद्वारा नि:शुल्क व्यावसायिक तालिमहरू संचालनमा

 

                ललितपुर, माघ १६ । महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटारस्थित महालक्ष्मी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ललितपुर जिल्लाको एक मात्र आंगिक शिक्षालय हो ।

सीपयुक्त दक्ष जनशक्ति नै विकासको प्रमुख स्रोत हो भने मूल भनाई लाई आत्मसात गर्दै महालक्ष्मी नगरपालिकाको विशेष पहलमा नेपाल सरकारको प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम को सुनिश्चितता गर्ने नीति अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम परिषदको आंगिक शिक्षालयको रुपमा महालक्ष्मी बहुप्राविधिक शिक्षालयको स्थापना भएको हो । हाल यस शिक्षालयमा ३ वर्षे डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालित छ भने यस शिक्षालयले नगरपालिकाका बिभिन्न वडाहरुबाट माग भई आएका नि:शुल्क छोटो अवधिको तालिमहरू सुरु गरेको छ ।

हाल यस शिक्षालयले नगरपालिकाको बिभिन्न वडाहरूमा छोटो अवधिको ३९० घण्टे कम्प्युटर हार्डवेयर टेक्निसियन, डाटाबेस नेटवर्क टेक्निसियन, बिल्डिङ इलेक्ट्रिसियन र मन्टेश्वरी नि:शुल्क तालिमहरू सञ्चालन गरेको जानकारी शिक्षालयका शिक्षालय प्रमुख हरिश सिह थापाले जानकारी दिनुभयो । न्यूनतम योग्यता पुगेका नेपाली नागरिकहरुले यि व्यवसायिक तालिमहरू सिक्नको  मिति २०७९/१०/२० सम्म बहुप्राविधिक शिक्षालय, लामाटारमा सम्पर्क गर्न सक्नेछ ।

तालिम सम्पन्न भइसकेपछि सम्पूर्ण प्रशिक्षार्थीहरूको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति बाट व्यवसायिक सीप परीक्षण एवं प्रमाणीकरण गरिने छ ।

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update