अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
                        
                        
                                                
                                                    
                                संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो
                            
                                            
                                                                    
नयाँ दिल्ली, माघ १८ । भारतकी वित्त मन्त्री निर्मला सीतारमण नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी छन्।
संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।
बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले हरित ऊर्जामा लगानी बढाउने र चाँदी र चुरोटमा भन्सार कर बढाउने बताएकी छन्। उनले आउने वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेकी छन्।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १३:४४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
