Kath khabar
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सिंहदरबारमा जारी

                  

                     काठमाडौं, फागुन २ । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता  सिंहदरबारमा जारी रहेको छ।

उक्त घटनाप्रति उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । आन्दोलनको समाधानबारे छलफल गरी उचित निष्कर्ष निकाल्न मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान मन्त्रालयमा बोलाउनुभएको हो ।

ट्राफिक जरिवानालगायतका विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा सडक अवरुद्ध गर्नुका साथै प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए । सोमबार उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलित भएको हो। विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।

आज मंगलबार बिहानदेखि नै काठमाडौंमा सार्वजनिक यातायातहरु चलेका छैनन् । यातायात नचल्दा यात्रुहरु मर्कामा परेका छन्।

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update