अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                भूकम्पले थिलथिल भएको सिरियाको राजधानी दमास्कसमा इजरायलको आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
                        
                        
                                                
                                                    
                                इजरायलले इरान र हिजबुल्लाह विद्रोहीसँग सम्बन्धित सिरियाली लक्ष्यहरूमा बारम्बार हमला गरेको छ। तर, उसले विरलै आफ्नो कार्य स्वीकार गर्ने गरेको छ
                            
                                            
                                                                    
दमस्कस, फागुन ७ । सिरियाले राजधानी दमास्कस र आसपासका क्षेत्रमा इजरायलको मिसाइल आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा २८ जना घाइते भएको पनि समाचार छ ।
सरकारी टेलिभिजनमा देखाइएको भिडियोमा १० तले भवन क्षतिग्रस्त अवस्थामा देखाइएको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्था सहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्र सघन जनसंख्या भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलले यस हमलाबारे आफ्नो बयान दिन अस्वीकार गरेको छ। इजरायलले इरान र हिजबुल्लाह विद्रोहीसँग सम्बन्धित सिरियाली लक्ष्यहरूमा बारम्बार हमला गरेको छ। तर, उसले विरलै आफ्नो कार्य स्वीकार गर्ने गरेको छ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:१७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
