अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                युक्रेनको राजधानी किभमा अमेरिकी राष्ट्रपति बाइडेन
                        
                        
                                                
                                                    
                                युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन्
                            
                                            
                                                                    
कीभ, फागुन ८ । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी कीभ पुगेका छन् । एक वर्षअघि रुसले आक्रमण गरेपछि उनको यो पहिलो युक्रेन भ्रमण हो।
यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न गएका थिए । तर त्यहाँबाट उनी अचानक कीभ पुगे ।
युक्रेनको राजधानी किभमा बिहानै देखि महत्त्वपूर्ण पाहुना आइपुगेको महसुस भएको थियो । युक्रेनकी नेता लिसिया भासिलेन्कोले यी पाहुना बाइडेन रहेको बताएकी छिन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।
जेलेन्स्कीले लेखे, “जो बाइडेन, कीभमा स्वागत छ। तपाईको भ्रमण सबै युक्रेनीहरूका लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण इशारा हो ।”
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
