Kath khabar
ललितपुरको ताल्छिखेलमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु


                  काठमाडौं, फागुन ११। ललितपुरको ललितपुर महानगरपालिका-१४ ताल्छिखेलमा बा.९१ प ९००० नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-४ जावलाखेल बस्ने ५४ वर्षीय दिपक शाहको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update