अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु
                        
                        
                                                
                                                    
                                आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ ।  घटनाको विवरण आउन बाँकी छ
                            
                                            
                                                                    
इटली, फागुन १४ । इटलीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुबेको छ । यसमा ठूलो संख्यामा मानिसको ज्यान गएको हुनसक्ने सम्भावना छ ।
इटलीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा २७ जनाको शव निकालिएको जनाएको छ ।
यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन्। त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा २ टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:३७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
