Kath khabar
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंमा दुईजनाको मृत्यु, एक घाइते


                 काठमाडौं, फागुन २५ । काठमाडौंको शंखरापुर नगरपालिका-९ ईन्द्रायणीस्थित सडकमा बा.५ ख २४१४ नम्बरको टिपरले बा.९४ प ४४९८ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा.९४ प ४४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ साँखु घर भएका ५० वर्षीय पवन लाल श्रेष्ठ र बा.८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने २२ वर्षीय हरि खड्का रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका पवन लालको नेपाल मेडिकल कलेज अत्तरखेलमा र हरिको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा सवार १ जना महिलाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update