Kath khabar
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

 

                         काठमाडौं, फागुन २५ ।  नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी रहेका नेकपा एमालेका सुवास चन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update