अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी
                        
                        
                                                
                                                    
                                यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो
                            
                                            
                                                                    
इस्लामावाद, फागुन २९ । पाकिस्तानको राजधानी इस्लामावादको एक अदालतले एक महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा तेहरिक-ए-इन्साफका प्रमुख इमरान खान विरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले इमरान खानलाई मार्च २९ मा अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
अदालतले अदालतको समयसम्म पर्खने र इमरान खान उपस्थित भएनन् भने उनको गिरफ्तारीको वारेन्ट जारी गरिने बताएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १६:४७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
