Kath khabar
‘ज्याकी : आई एम ट्वान्टी वान’ मा जसिताको लुक्स सार्वजनिक

 

                 काठमाडौं, फागुन ३० । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ की मुख्य अभिनेत्री जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । चलचित्रकी मुख्य अभिनेत्री जसिता गुरुङको फरक अवतारसहितको फर्स्टलुक पोस्टर रिलिज गरिएको हो ।

कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा निर्माण भएको यस चलचित्रमा धिरजसँगै जसिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा दुवै डान्सरको भूमिकामा छन् । उनीहरुले यस भूमिकाको लागि लामो समय नृत्य सिकेका थिए ।

सिनेमाको यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा अभिनेता धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो ।  फिल्मको टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतारचढावलाई देखाइएको छ ।

चलचित्रका अन्य पात्रहरुमा पल्पसा डंगोल, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, राजु भुजु, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम र सुजता राई पनि रहेका छन् ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत तथा सुशन प्रजापतिको छायांकन रहेको छ भने चलचित्रका निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update