Kath khabar
यूएईले नेपाललाई दियो ३ सय ११  रनको विशाल लक्ष्य, आसिफ खानले रचे इतिहास

 

                  काठमाडौं, चैत २ ।  आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा युएइले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

आजको खेलमा युएइका ब्याटर आसिफ खानले इतिहास रचे । उनले तुफानी इनिङ खेल्दै ४१ बलमा शतक बनाए । यो शतक एकदिवसीय इतिहासमा चौथो सबैभन्दा छिटो शतक हो । सबैभन्दा छिटो शतक बनाएको रेकर्ड दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सको नाममा छ । उनले ३१ बलमा शतक बनाएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update