 
                                                                    
काठमाडौं, चैत २ । सांगीतिक मेला ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण काठमाडौँमा २ दिन आयोजना हुने भएको छ।
चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।
मेलामा नेपाल सहित भारत, दक्षिण कोरिया, चिली, फिनल्यान्ड र अमेरिकाका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यस सांगीतिक मेलामा संगीत कार्यशाला, संगीत सम्मेलन, हेरिटेज वाक, सांगीतिक चलचित्र प्रदर्शनीका साथै नेवा शैलीका भजन स्टलमा समेत राखिने छन्। साथै, बालबालिकाहरुको कथा वाचन, बुक बस, रञ्जना लिपिमा शब्द लेख्ने, संग्रहालयको भ्रमण र अन्तरक्रियात्मक बोर्ड गेमहरु जस्ता गतिविधि समेत सेसनमा समावेश छन्।
यस्तै, कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कला विभागका विद्यार्थीले आफ्नो कला प्रदर्शन गर्ने छन्। विभिन्न स्थानीय संघसंस्थाहरुको सहकार्यमा हुने यस सांगीतिक मेलालाई काठमाडौँ महानगरपालिका, ग्लोबस अपस्टार्ट, गोथ जेन्ट्रम, युनेस्को कार्यालय काठमाडौँ र अलियस फ्रान्सेसले पनि सहयोग गरेका छन्।
हराउँदै गएका आवाजलाई पुनरुत्थान गर्ने उद्देश्यले सन् २०१७ देखि सांगीतिम मेला इकोजको शुरुआत भएको हो। हरेक वर्ष मार्च महिनामा यो मेलाको आयोजना गरिँदै आएको छ।


 
                                                 
                                                -1760527500.jpg) 
                                                 
                                                 
                     
                     
                    -1761560628.png) 
                    