Kath khabar
आइसीसी विश्वकप लिग २ : ३२ बलमा कुशल भुर्तेलको अर्धशतक

 

                    काठमाडौं, चैत २ ।  आइसीसी विश्वकप लिग २ अन्तर्गत आज युएइविरुद्धको अन्तिम र निर्णायक खेलमा नेपाली टोलीका ओपनर कुशल भर्तेलले अर्धशतक बनाएका छन् ।

उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् । उनले भिम सार्कीसँग साझेदारी गर्दै नेपालको इनिङ अगाडि बढाइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update