Kath khabar
स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित

 

                 काठमाडौं, चैत ५ ।  १४ वर्षपछि आज स्ववियु चुनाव भैरहेको छ । यति लामो समयपछि चुनाव हुँदा पनि अधिकांश ठूला क्याम्पसमा मतदान स्थगित भएको छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहितका केही क्याम्पसमा निर्वाचन शुरू भए पनि अधिकांश ठूला क्याम्पसमा आज मतदान नहुने भएको छ । 

चुनाव भइरहेका क्याम्पसमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, सररस्वती क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस लगायत छन् । तर, काठमाडौंका केही ठूला क्याम्पसमा भने आज चुनाव भएको छैन । काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन । चुनाव नहुने क्याम्पसमा रत्नराज्य, विश्वभाषा, त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस मीनभवन छन् ।

त्यस्तै, ललितपुरको पाटन क्याम्पस र कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा पनि आज स्ववियु हुन हुन नसकेको जानकारी स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । उता ठाकुराराम बहुमुखी क्याम्पस वीरगञ्ज र पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पनि आज स्ववियु चुनाव हुने सकेन ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update