Kath khabar
ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


                           ललितपुर, चैत ५ । ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकमा बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका–१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update