Kath khabar
भारतलाई १० विकेटले हराउदै दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया बिजयी

 

                  विशाखापट्टनम, चैत ५ ।  अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।

विशाखापट्टनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ६६ र ट्रेभिस हेडले ५१ रन बनाए । मार्सले ६ छक्का र ६ चौका प्रहार गरे । योसँगै अस्ट्रेलिया २ पटकसम्म भारतलाई १० विकेटले हराउने पहिलो टिम बनेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा १ सय १७ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ र अक्षर पटेलले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा सीन एबोटले ३ र नाथन इलिसले २ विकट लिए ।

आजको जितसँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update