अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
                        
                        
                                                
                                                    
                                दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए
                            
                                            
                                                                    
चीन, चैत २८ । चीनका २ सबैभन्दा उच्च प्रोफाइल मानव अधिकार कार्यकर्तालाई जेल सजाय सुनाइएको छ। यी दुवै कार्यकर्ताले सरकारमा पारदर्शिता ल्याउन र नागरिक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् । यी मध्ये एक कार्यकर्तालाई १२ वर्ष र अर्कोलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।
शु सि ओङ एक प्रख्यात मानवअधिकार अधिवक्ता हुन् र डिङ जियाक्सी एक सामाजिक कार्यकर्ता हुन्। गत वर्षको जुनमा बन्द ढोकाको सुनुवाइमा उनीहरू दोषी ठहर भएका थिए ।
दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए ।
दुवै कार्यकर्ताले आफूहरु माथि दुव्र्यवहार भएको दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:४१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
