Kath khabar
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार

 

                  टोकियो, वैशाख ३ ।  जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि बम प्रहार भएको छ । एउटा सार्वजनिक कार्यक्रम सहभागी भइरहेका किशिदा माथि ‘स्मोक बम’ प्रहार भएको बताइएको छ ।

प्रधानमन्त्री किशिदाको सकुशल उद्धार गरिएको छ भने आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ । बम प्रहार आज बिहान पश्चिमी सहर वाकायामामा भएको टोकियोबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

प्रधानमन्त्रीले बोल्न थोलेपछि फालिएको एउटा डल्लो बिस्फोट भएको थियो । जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update