खेलकुद
                                                
                    
                
                            
                                शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
                        
                        
                                                
                                                    
                                यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ
                            
                                            
                                                                    
काठमाडौं, वैशाख ४ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई फराकिलो अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६-० गोलले हरायो । फ्रेन्ड्सका लागि राफिक अमिनुले २ तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले १/१ गोल गरे ।
यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।
यस्तै आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । थ्री स्टार ९ खेलमा १५ अङ्क सहित छैटौँ र १५ अङ्क नै भएको चर्च ब्वाइज तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १९:१०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
