Kath khabar
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै

 

                 लन्डन, वैशाख ५ ।  बेलायती प्रधानमन्त्री ऋषि सुनक माथि संसदीय मापदण्ड अनुगमन गर्ने आयुक्तले छानबिन गरिरहेका छन् । यो मुद्दा हितको जानकारी नदिने विषयमा छ।

प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ । आयोगले छानबिन गरेर हुनकले नियम तोडेको हो वा होइन भन्ने निर्णय गर्छ ।

प्रधानमन्त्री कार्यालय, डाउनिङ स्ट्रिटका प्रवक्ताले भने कि उनीहरूले छानबिन आयुक्तलाई सहयोग गर्नेछन् र सबै जानकारी निष्पक्ष रूपमा दिइएको छ भनेर सुनिश्चित गर्नेछन्।

गत महिना सुनकले बाल हेरचाह एजेन्सी ‘कोरु किड्स’ को बारेमा प्रश्नहरूको सामना गर्नुपरेको थियो। बजेटको नयाँ नीति अनुसार यस बाल हेरचाह एजेन्सीलाई फाइदा पुग्ने बताइएको छ ।

सुनकले मार्च २८ मा संसदीय समितिमा बाल हेरचाह नीतिको सुनुवाइको क्रममा कोरु किड्ससँग अक्षता मूर्तिको सम्बन्धबारे उल्लेख गरेनन्।

 

श्रोत:बीबीसी 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update