Kath khabar
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ

 

                न्युयोर्क, वैशाख ५ ।  अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

यो गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।

दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ। उनीहरूलाई सोमबार ब्रुकलिनको संघीय अदालतमा पेश गरिएको थियो।

चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक पटक भनीसकेको छ । उसले विदेशमा रहेका चिनियाँ नागरिकलाई सेवा दिने सेवा केन्द्र भनेको छ ।

सोमबार अमेरिकी न्याय विभागले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट ६१ वर्षीय लु जियानवाङ र ५९ वर्षीय चेन जिनपिङले म्यानहट्टनमा पहिलो विदेशी प्रहरी चौकी खोल्ने प्रयास गरेको बताएको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update