Kath khabar
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश

 

                न्युयोर्क, वैशाख ७ ।  भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको पछिल्लो तथ्याङ्क अनुसार चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएसँगै भारत विश्वको सबैभनदा बढि जनसंख्या भएको देश बन्न सफल भएको हो ।

युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या  १ अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या  १ अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ ।

युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update