Kath khabar
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट

 

                टेक्सास, वैशाख ८ । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विस्फोट भएको छ । अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फोट भएको हो ।

घटनामा कसैलाई पनि चोटपटक नलागेको बीबीसीले उल्लेख गरेको छ । यो यान अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्त्वाकाङ्क्षी परियोजना थियो ।

परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ । अमेरिकाको रकेट प्रक्षेपणको इजाजतपत्र दिने निकाय सङ्घीय उड्डयन प्रशासनले दुर्घटनाको अनुसन्धान र निरीक्षण गर्ने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update