Kath khabar
मतदानस्थलमा जाने वातावरण रहेन : रवि लामिछाने

 

                   चितवन, वैशाख १० ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले मतदानस्थलमा जाने वातावरण नभएको बताएका छन् ।

उनले चितवन २ का मतदानस्थलमा आफू जान सक्ने अवस्था नरहेको औंल्याएका छन् । उनले आज फेसबुक लाइभ मार्फत अन्य पार्टीका नेता कार्यकर्ताहरुको हुलहुज्जतले मतदानस्थलमा जानसक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो । दलहरुले जनताको मतको सम्मान गर्ने हो । झडपमा विश्वास गदैन । यसलाई नजरअन्दाज गर्नेलाई इतिहासले मूल्याकंन गर्नेछ । ’

उनले सुरक्षाको व्यवस्थापन गर्न केही दिन अगावै प्रहरी प्रशासनमा जानकारी गराइएकोमा कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

उनले चितवन २ मा भइरहेको उपनिर्वाचनको मतदान स्थलमा भएको असहज अवस्थाले मतदातालाई धैयर्तापूर्वक संयमित रहेर मतदान गर्न फेसबुक लाइभ मार्फत आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update