Kath khabar
बारा-२ मा १२:३० देखि गणना थालिने

 

            बारा, वैशाख ११ ।  प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा-२ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ।

हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

तर सबै दलका प्रतिनिधि आइनसेकोका कारण अझै केही समय लाग्ने बताइएको छ। बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरा समेत जडान भएको प्रजिअ सापकोटाले बताए।

बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो। त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update