1682318827.jpg)
तनहुँ, वैशाख ११ । तनहुँ-१ मा मतगणना जारी छ। साँझ-५ बजेसम्म २५ वटा वडाका मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७,८४७ मतान्तरले अग्रता लिएका छन्।
४२ मध्ये अब १७ वडाको मत गन्न बाँकी छ। अहिलेसम्म ३६,४४३ मतगणना सकिँदा स्वर्णिम वाग्लेले १८,४६१ मत पाएका छन्।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले १०,८१४ मत ल्याएका छन्। एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६,०६८ मत मात्रै पाएका छन्।
मतगणना सकिएका २५ मध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवार भन्दा बढी मत पाएका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय