Kath khabar
काठमाडौं महानगरले फोड्यो शिक्षा विभागमा लागेको ताला


            काठमाडौं, वैशाख १५ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरपालिकाको शिक्षा शाखामा लगाएको ताला महानगरपालिकाले फोडेको छ।

‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो ।

महानगरको नगरप्रहरीले हिजोराति उक्त ताला फोडेको हो ।  महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भनेका छन्, - "दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो ।  विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।"

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update