Kath khabar
विश्व बैंकद्वारा नेपाललाई १० करोड डलर ऋण सहयोग गर्ने निर्णय

 

                 काठमाडौं, वैशाख १७।  विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ ऋण सहायता दिने भएको छ।

हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो। सो निर्णयसँग विश्व बैंकले करिब  १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो।

स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update