Kath khabar
कलाकार रियाशा दाहाल र आरओएनबीका संस्थापक भिक्टर विवाह बन्धनमा बाँधिए
अल्फा पिक्चर्स नेपाल

 

                 काठमाडौं, वैशाख २० । मोडल तथा कलाकार रियाशा दाहाल र चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक भिक्टर पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।

आज वैशाख २० गते भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा भिक्टर र रियाशाले करिब तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

पछिल्लो समय ‘गाह्रो छ हो’ सिरिज र म्युजिक भिडियोमा व्यस्त रहेकी रियाशा सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी थिइन् । उनीहरूको विवाहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' को पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update