Kath khabar
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु

 

               बेलग्रेड, वैशाख २१ । सर्बियाको राजधानी बेलग्रेडको १ विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ विद्यार्थी र १ सुरक्षा गार्ड रहेका छन् । आक्रमणकारी १ नाबालिग हुन् र उनले गोली चलाएको त्यही विद्यालयमा पढ्छन् । प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।

प्रहरीले १३ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । यो हमला बेलग्रेडको एक प्राथमिक विद्यालयमा भएको हो ।आक्रमणमा १ शिक्षक बाहेक ६ विद्यार्थी घाइते भएका छन् । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले बुबाको लाइसेन्स बन्दुक प्रयोग गरेको बताइएको छ । साथै, यी हत्याहरू अघि, आक्रमणकारी आफ्नो बुबासंग धेरै पटक सुटिङ रेन्ज गएका थिए। आक्रमणकारीका अभिभावक पनि पक्राउ परेका छन् ।

देशका राष्ट्रपति, एलेक्सान्डर भुकिकले यसलाई आधुनिक इतिहासको सबैभन्दा कठिन दिनको रूपमा वर्णन गरे। आक्रमण पछि देशमा ३ दिने शोकको घोषणा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update