Kath khabar
समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ - बालेन्द्र शाह
बालेन शाहको फेसबुकबाट


                     काठमाडौं, वैशाख २२ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले समस्या राखेर व्यवस्थित र सुन्दर महानगर बनाउन नसकिने बताएका छन् ।

अव्यवस्थित तार हटाउने विषयलाई लक्षित गर्दै शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले महानगर आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको बताएका छन् ।

'काठमाडौं महानगरपालिका भित्रका विद्युतका पोलमा भएको अव्यवस्थित तारहरुले गएको ९ महिनामा ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ । यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो तर सरकारबाट कुनै सुनुवाइ होला भन्ने आश विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाइ यस्तो कार्य नगर्न आदेश प्राप्त भयो, उनले भनेका छन् ।

सहर व्यवस्थित र सुन्दर बनाउनुको साथै नागरिकको जनधनको सुरक्षाको लागि आफूहरु सधै क्रियाशील रहेको तर कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्नसक्ने बताउँदै जनताहरुले सधै साथ दिनु हुनेछ भन्ने अपेक्षा आफूहरुले राखेको उनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update