Kath khabar
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ

 

              इस्लामावाद, वैशाख २६ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको छ ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। इस्लामाबाद पुलिसले भनेको छ कि धारा १४४ लगाइएको छ। यो उल्लंघन गरेमा कारबाही गरिनेछ।

पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् । इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले गृह सचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।

पीटीआई नेता शिरीन मजारीले भने, “इस्लामाबाद उच्च अदालतमा जबरजस्ती प्रवेश गरेर इमरान खानको अपहरण राज्य-प्रायोजित आतंकवाद हो। यो देशमा जंगल राज छ । रेन्जरहरूले वकिलहरूलाई कुटपिट गरे, यातना दिए र इमरान खानलाई अपहरण गरे।”

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update