Kath khabar
पाकिस्तानमा स्थिति नियन्त्रण गर्न धेरै ठाउँमा सेना परिचालन

 

                 पञ्जाब, वैशाख २७ ।  पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ । पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको हो ।

यस दफामा जिल्ला प्रशासनलाई सहयोग गर्न सेनाको सहयोग लिनुपर्ने व्यवस्था छ । पञ्जाब प्रान्तको गृह विभागले सेनाका दश कम्पनी तैनाथ गर्न माग गरेको छ । उनीहरूलाई लाहोर, मुल्तान, रावलपिंडी, फैसलाबाद र अन्य केही जिल्लाहरूमा तैनाथ गरिने छ।

इमरान खानको पार्टी तेहरिक-ए-इन्साफले आफ्ना समर्थकहरूलाई इस्लामाबादमा भेला हुन अपील गरेको छ। इमरान खान मंगलबार दिउँसो भ्रष्टाचारको मुद्दामा पक्राउ परेका थिए र अहिले इस्लामावाद पुलिस लाइनमा राखिएका छन्।

उनलाई पेश गर्ने गेस्ट हाउसमा नै एनएबी अदालत लगाइएको छ । सुनुवाईमा एनएबीले अभियोजक मुजफ्फर अब्बासीसँग इमरान खानलाई १४ दिनको रिमाण्ड मागेको छ ।

इमरान खानको गिरफ्तारी पछि पाकिस्तानका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भइरहेको छ, देशमा इन्टरनेट सेवा बन्द गरिएको छ । अहिलेसम्म २ जनाको मृत्यु भएको खबर छ ।

खैबर पख्तुनख्वामा तोडफोड गरेको आरोपमा २८ जनालाई पक्राउ गरिएको छ। इमरान खानका वकिलले देशमा अघोषित मार्शल ल लगाइएको बताएका छन् ।

सुरक्षाको कारण देखाउँदै धेरै विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । पाकिस्तानमा सामाजिक सञ्जालमा मानिसको पहुँच माथि रोक लगाइएको छ। इमरान खानका वकिलहरूलाई इस्लामावाद पुलिस लाइन्स मुख्यालयमा गएर इमरान खानलाई भेट्न अनुमति दिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update