Kath khabar
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

 

                 इस्लामाबाद, वैशाख २८ ।  पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खान माथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए । खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ । तर खानले आफूमाथि लगाएको आरोप राजनीतिक रुपबाट प्रेरित भएको भन्दै अस्वीकार गर्दै आउनुभएको छ ।

अस्ति पूर्व प्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्किएको छ । पञ्जाबबाट १ हजार भन्दा धेरै व्यक्ति पक्राउ परेका एजेन्सीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update