Kath khabar
पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ

 

                 इस्लामाबाद, वैशाख २८ ।  पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नु भएको छ । पक्राउ पर्नुअघि उहाँले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भएको थियो ।

पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मी बीच झडपका घटना भैरहेका छन् ।पछिल्लो तनावमा कम्तीमा १० जनाले ज्यान गुमाएको विवरण प्राप्त भएको एजेन्सीले जनाएको छ ।

पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर समेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update