Kath khabar
डेट एक्सपायर औषधिले बिरामीको मृत्यु भएको भन्दै ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड


                   काठमाडौं, जेठ २ । म्याद सकिएको औषधि दिएर बिरामीको मृत्यु भएको भन्दै बसुन्धरास्थित ग्रिनसिटी अस्पतालको फार्मेसीमा तोडफोड गरिएको छ ।

बिरामीको मृत्युपछि आफन्तले म्याद गुज्रिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार बेलुका अस्पतालको फार्मेसी तोडफोड गरेका हुन् ।

गोरखाका ६० वर्षीय पुरुषको आइसीयूमा उपचारका क्रममा हिजो सोमबार अपरान्ह मृत्यु भएपछि त्यही औषधिका कारण बिरामीको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । मृत्यु भएका व्यक्ति दीर्घ श्वासप्रस्वास (सीओपीडी) का बिरामी थिए ।

तोडफोडको केही बेरपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको  हो । अस्पताल प्रशासन भने औषधिमा समस्या नभएको दाबी गरिरहेको छ । प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा एक जना फर्मासिस्टलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update