Kath khabar
र्‍याप स्टार्स ०.२ र कमेडीको भिडन्त 'को बन्छ महागफाडी’ कार्यक्रमको घोषणा


                  काठमाडौं, जेठ ७ । युवा पुस्तामाझ लोकप्रिय सांगीतिक विधा र्‍याप संगीतको प्रतिस्पर्धा ‘र कमेडीको भिडन्त’ आउने भएको छ । हाल र्‍याप स्टार्स सिजन १ फाइनलको चरणमा रहिरहेको समयमा अर्को सिजनको घोषणा भएको हो ।

र्‍याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको आयोजक ग्रीन  मन्की फिल्मस् प्रा लिले बताएको छ । काठमाण्डौँमा साइनिङ सेरेमोनीको आयोजना गर्दै र्‍याप स्टार्स’को दोस्रो सिजन ग्यालेक्सी फोर के मा आउने बताइएको छ । हाल पहिलो सिजन स्पेस फोर के बाट प्रसारण भइरहेको कार्यक्रमको फाइनल पश्चात दोस्रो सिजन ग्यालेक्सी फोरके टेलिभिजन र युट्युबमा जिएम डिजिटलबाट आउने भएको छ भने वालेट पार्टनर माइ पे’ रहने जानकारी दिइएको छ । 

साथै ग्रीन मंकी फिल्मसले  हास्यव्यङ्ग्य प्रतिस्पर्धात्मक कार्यक्रमको बन्छ महागफाडि ल्याउने भएको छ । देश तथा विदेशबाट प्रतिभावान् कमेडियनहरुको अडिसन गरेर गरिने कार्यक्रम 'को बन्छ महागफाडी' को छिट्टै डिजिटल अडिसन हुने जानकारी दिएको छ । यसको बारेमा थप जानकारी अर्को पत्रकार सम्मेलनमा जानकारी गराउने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update