Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

 

              काठमाडौं, जेठ ९ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका परेका १६ जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडाले दुई दिन म्याद थप गरेको छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई म्याद थपका लागि अदालत लगिएको हो।

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदन मार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update