Kath khabar
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

 

                        काठमाडौं, जेठ १० ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ वटा खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो २ बजे शुरु हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । 

दशरथ रंगशालामा नै हुने आजको दोस्रो खेल बेलुका ६ बजे जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

१४ टोली सहभागी लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update