Kath khabar
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै

 

               काठमाडौं, जेठ ११ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । 

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।

२० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।

१४ टोली सहभागी लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update