Kath khabar
टिना टर्नरको ८३ वर्षको उमेरमा निधन

 

                 काठमाडौं, जेठ १२ ।  'द बेस्ट', 'व्हाट्स लभ गोट टु डू विथ इट' जस्ता क्लासिक पप हिट सुपरस्टार गायिका टीना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ ।

टर्नरले हालैका वर्षहरूमा क्यान्सर, स्ट्रोक र मृगौला फेल लगायतका स्वास्थ्य समस्याहरू भोगी रहेकी थिईन । टेनेसीमा  कृषक परिवारमा जन्मेकी, उनले पहिलो पटक आफ्नो पतिको ब्यान्ड 'द किंग्स अफ रिदम'बाट ब्याक भोकलिस्टको रुपमा आफ्नो सांगीतिक यात्रा शुरु गरेकी थिईन।

उनी सन् १९६० को दशकमा 'प्राउड मेरी', 'रिभर डीप', 'माउन्टेन हाई' जस्ता गीतहरूका साथ पति इकेसँगै प्रसिद्धिमा पुगिन्। उनको जन्मको नाम 'अन्ना माई बुलक' बाट 'टीना टर्नर' उनको पति इकेले बिना जानकारी राखी दिएका थिए।

उनले १९७८ मा पति ईकेलाई तलाक दिईन र १९८० को दशकमा एकल कलाकारको रूपमा अझ ठूलो सफलता पाउँदै गइन्। रक एन रोलको रानी टिना टर्नरको ऊर्जावान स्टेज प्रदर्शन,  हस्की र शक्तिशाली आवाजका लागि प्रसिद्ध थियो।

पहिलो पटक सन् १९९१ मा पति इके टर्नरसँगै देखि टिना टर्नरले ८ वटा ग्रामी अवार्ड जितेकी छिन र सन् २०२१ मा एकल कलाकारको रूपमा 'रक एन रोल हल अफ फेम'मा समावेश भएकी थिईन। 

उनको मृत्युको घोषणा उनको आधिकारिक इन्स्टाग्राम पेजमा गरिएको थियो।

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update