Kath khabar
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै

 

                   ललितपुर, जेठ १७ ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेलहरु हुँदैछन् । 

दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे थ्री स्टार क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ ।

१४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update