Kath khabar
उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो

  

             प्योंगयांग, जेठ १७ ।  उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू-उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ । सैनिक निगरानीसँग सम्बन्धित भू-उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

भू-उपग्रह प्रक्षेपण पछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए । दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसके पछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भू-उपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधारका रुपमा लिनुभएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update