Kath khabar
शहीद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रसंग सातदोबाटो पराजित, थ्रीस्टार र संकटाबीच बराबरी

 

                 ललितपुर, जेठ १७ ।  शहीद स्मारक 'ए' डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई ३-१ गोलले हरायो । मच्छिन्द्रका लागि आफिज ओलावाले ह्याट्रिक गरे । सातदोबाटोका जोर्डन पुन मगरले १ गोल गरे । 

यो जितसँगै मच्छिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेल खेलेको मच्छिन्द्रको ३९ अङ्क छ भने सातदोबाटो २९ अङ्क सहित सातौँ स्थानमा छ । 

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लबले गोल रहित बराबरी खेलेका छन् । बराबरी खेल्दा दुवै टोलीले १-१ अङ्क बाँडेका छन् ।

थ्री स्टार २७ अङ्कसहित ११ औँ स्थानमा छ । सङ्कटा उति नै अङ्कसहित १२ औँ स्थानमा छ । १४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update