Kath khabar
ललितपुरको सेतीपाखा सडकमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

                 ललितपुर, जेठ २५ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ सेतीपाखास्थित सडकमा बा.५ ख १८२५ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री मकवानपुर घर भई ललितपुर बस्ने १८ वर्षीया शान्ति स्याङतानको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update