Kath khabar
आधारभूत तह 'कक्षा ८' सम्म नेपालभाषा पढाउन काठमाडौं महानगरको निर्देशन

 

                   काठमाडौं, जेठ  २६ ।  काठमाडौं महानगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय पढाउन निर्देशन दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र गरेर अनिवार्य रूपमा नेपालभाषा विषय पढाउन निर्देशन दिएका हुन्।

महानगरले गरेको परिपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले आधारभूत तह (कक्षा ८ सम्म) स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनःस्मरण गराउँदै राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले गरेको प्रावधान अनुरूप अनिवार्य रूपमा पठनपाठन गर्न गराउनुहुन अनुरोध छ।'

यससँगै संस्थागत विद्यालयमा नेपालभाषा पढाउने शिक्षकको सूची समेत महानगरमा पठाउन भनिएको छ। त्यस्तै, नेपालभाषाको दैनिक कार्यतालिका पनि महानगरमा बुझाउन निर्देशन दिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update