Kath khabar
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल 

 

              काठमाडौं, जेठ २८ ।  कलश इभेन्टसद्वारा आयोजित कार्यक्रम लिटिल मिस एन्जेलको चौथौं संस्करण आज राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न भयो । विगत १ महिना अघि देखि प्रशिक्षणमा व्यस्त रहेका साना नानीहरुले आज निर्धक्क भएर दर्शक सामु आफुलाई प्रस्तुत गरेका थिए ।

३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजडम स्कुलमा मा अध्ययनरत किन्जल नेपालले चौथौं संस्करणको लिटिल मिस एन्जेलको ताज चुम्न सफल भएकी छिन् । 

यसै गरी एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतो तथा यूलेन्स स्कूलका आध्या ढकाल क्रमशः प्रथम उपविजेता तथा द्वितिय उपबिजेताको ताजचुम्न सफल भए । 

लिटिल मिस एन्जेलका विजेताले क्रमश रु. २५,०००, १५,००० तथा १०,००० नगद, ताज तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् । विजेता बाहेक सम्पूर्ण उपविजेताहरुले समेत ताज पाएका छन् ।

सांस्कृतिक संस्थानका महानिर्दौशक अशोकप्यासी राइको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाण्डौका कार्यकारी सदस्य मोहना खनाल, न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन,अभिनेत्री नम्रता सापकोटा तथा IIFT का कार्यकारी निर्देशक बिपना थापा रहेका थिए ।

वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको बताए ।

लिटिल मिस एन्जल २०२३ का विजेताहरू :

  • विजेता - किञ्जल नेपाल
  • फस्ट रनर अप - सम्पदा महतो
  • सेकेन्ड रनर अप - आध्या धकाल
  • मिस ट्यालेन्ट - ईशानी कुलुङ
  • मिस पर्सनालिटी - आर्या श्रेष्ठ
  • मिस बेस्ट स्माइल - सोयाङ तामाङ
  • मिस पिक्चर परफेक्ट - कान्वी केसी
  • मिस लिडरशिप - सीनल मानन्धर
  • मिस एकेडेमिक - श्रेयाना डंगोल
  • मिस ECA - आयशा डंगोल
  • मिस इन्टेलिजेन्ट - लुमिला महर्जन
  • मिस समाजसेवा - अधृषा थापा
  • मिस एथलेटिक - एलिना श्रेष्ठ
  • मिस फ्रेन्डसिप - सदिक्षा भुजेल
  • मिस डिसिप्लिन - फुर्साङ लामा
  • मिस मल्टिमिडिया - रितु श्रेष्ठ

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update