Kath khabar
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै

 

                     काठमाडौं, जेठ ३० ।  कान्ता दब दबले दोश्रो एल्बम सार्वजनिक गर्ने घोषणा गरेको छ। यहि जेठ ३१ "जुन १४" मा झम्सिखेलस्थित मोक्षमा साँझको ७:३० बजे कान्ता दब दबको दोस्रो एल्बम "मानुषक" विमोचन गर्ने भएको छ। 

७ वटा सिर्जनाहरु समावेश रहेको एल्बममा गाथामुगा, उपशमा लगायत Corners of a Circle, Memories of Your Future, Mānusaka, Streets of Kanta, र Chak Chaku जस्ता कान्ताको सडकहरूको जीवन्त सारको साथ समावेश रहेको एल्बममा कान्ता दब दबले श्रोताहरूलाई एक उल्लेखनीय यात्रामा सयर गराउन लालायित रहेको छ।   

नेपालको क्रस जेनर फ्युजन विधाको ट्रायो ब्यान्ड कान्ता दब दबले आफ्ना प्रशंसकबीच प्रस्तुति पनि दिनेछ। आफ्नो वाद्य कौशलको लागि प्रसिद्ध, "मानुषक"मा प्रतिभाशाली संगीतकर्मीहरु सितारमा सुनित कंसाकार, बेस गितारमा रिजु तुलाधर र ड्रम्स् सेटमा निखिल तुलाधरको विविध सांगीतिक प्रभावहरू निर्वाध रूपमा मिश्रण गर्ने तथा उनीहरूको क्षमताले एक यस्तो अद्वितीय ध्वनि अनुभव गराउनेछ जुन श्रोताहरूसँग गहिरो प्रतिध्वनित हुनेछ।

"मानुषक" मा नेपालका मात्र नभई अन्तर्राष्ट्रिय संगीतकर्मीहरुको पनि उल्लेखनीय योगदान रहेको छ। जस्तै, फ्रान्सका सेलिस्ट "सोलेन कोस्मा"ले "उपसमा" ट्रयाकमा मनमोहक कौशल प्रदान गर्नु भएको छ। त्यस्तै जर्मनका पियानो वादक बिएट वेनले २ गीतहरू "Corners of a Circle," "Memories of Your Future," मा सह-रचना गर्नु भएको छ। यी सहकार्यहरूले संसारका विभिन्न कुनामा रहेका कलाकारहरूलाई संगीतले सीमापारबाट एकताबद्ध गर्न शक्तिको उदाहरण दिएको छ।

पहिले "मानुषक" को जादूको अनुभव गर्नुहोस् र कान्ता दब दबको साथमा आफूलाई अविश्वसनीय सांगीतिक यात्रामा डुबाउनुहोस् । कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक गरे पश्चात युरोप भ्रमणको तालिका पनि रहेको छ। जून र जुलाई भरी पोल्याण्ड, फिनल्याण्ड, आयरल्याण्ड, नर्वे र जर्मनी गरी ५ देशमा आफ्नो मनमोहक प्रस्तुतिका साथ् दर्शकहरुलाई झूमाउनेछन् ।

कान्ता दब दबको दोस्रो एल्बम "मानुषक" एक असाधारण सांगीतिक प्रयास, दर्शक/श्रोताहरू माझ समर्पित गर्दै कला, संस्कार र संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जगेर्नाको हेतु आमन्त्रण गर्दछ ।

कान्ता दब दबको बारेमा :

कान्ता दब दब नेपालको एक क्रस जेनर फ्युजन विधाको ट्रायो ब्यान्ड हो। सितार, बास, र ड्रम्स् सेट मार्फत जातीय, परम्परागत, नेपाली शास्त्रीय र विभिन्न पाश्चात्यको मिश्रण रहेको यसका साङ्गीतिक प्रभावहरू ग्रूवी, भावपूर्ण  एशियाली फ्युजन सिर्जना गर्ने गर्दछ । ब्यान्डले समसामयिक रूपमा नेपालको परम्परागत र लोक संगीत प्रयोग गर्दछ, नेपालको सांगीतिक सम्पदा प्रेरणाको स्रोत हो भन्ने विश्वासका साथ यसको सांगीतिक ढाँचा कुनै पनि संगीत प्रेमी, पारखी तथा संगीतकर्मीको लागी प्रेरणाको श्रोत हुनसक्छ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update