Kath khabar
निर्माण थालनीबाटै चर्चामा रहेको फिल्म ‘गणपति’ भदौ १४ मा


                  काठमाडौं, जेठ ३१ । चलचित्र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’ को प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको बितरण श्रीराम बालाजी फिल्मसका सुनील मानन्धरले गर्दैछन् ।

चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय गरेका छन् । विज्ञान केसी र अरविन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो ।

‘गणपति’ अत्यन्तै राम्रो भएकाले आफू यो चलचित्रमा जोडिएको प्रस्तुतकर्ता रामप्रसाद रिजालले जानकारी दिएका छन् । ‘म निरन्तर फिल्म निर्माणमा छु । सरर ‘गणपति’ हेरे, मन छोयो । त्यसकारण अघि बढें’, यसअघि ‘वान डे’, ‘कसम’,‘धुँवा यो नशा’,‘कायरा’ र ‘डिसेम्बर फल्स’ निर्माण गरिसकेका रामप्रसाद भन्छन्,‘‘गणपति’ ले दर्शकमाझ एउटा नौलो आयाम प्रस्तुत गर्नेमा म विश्वस्त छु ।’ भगवान र मान्छेबीचको अन्तरसम्बन्ध र अन्तरको कथा भन्ने चलचित्रको फर्स्टलुकले दर्शकमाझ कौतुहलता पैदा गरिसकेको छ ।

‘बुलबुल’ र ‘झिंगेदाउ’ को सफलतापछि आफ्नो तेश्रो चलचित्र स्वरुप ‘गणपति’ दर्शकमाझ आउन लागेकोमा अभिनेता मुकुन निकै उत्साहित छन् । उनले ‘गणपति’ आफ्नो लागि बिशेष भएको बताउदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update